१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै नदीकिनार क्षेत्रका निर्माणसम्बन्धी रोक्का फुकुवा,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, माघ १०, २०८२

काठमाडौं । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै काठमाडौँ महानगरपालिकाले नदीकिनार क्षेत्रका निर्माणसम्बन्धी रोक्का फुकुवा गरेको छ ।
सर्वोच्च अदालतबाट जारी आदेशको आधारमा साविक व्यवस्थालाई निरन्तरता दिने निर्णय गर्दै माघ ७ गते सार्वजनिक सूचना जारी गरेको हो । यसअघि अदालतकै आदेशका कारण रोक्का गरिएको निर्माण प्रक्रिया अब पुनः सुचारु गर्न पाइने स्पष्ट गरिएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अदालतको आदेश पालना गर्नु महानगरको संवैधानिक दायित्व भएको बताउँदै विधि र प्रक्रियाभन्दा माथि कोही नरहेको स्पष्ट पारिन् ।
कार्यवाहक प्रमुख डंगोलले महानगरको नीति कसैलाई विस्थापित गर्ने नभएको स्पष्ट पार्दै नागरिकका दुःख–पीडामा महानगर सधैँ साथमै रहने प्रतिबद्धता व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!