१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

राष्ट्रियसभामा रिक्त हुने १८ पदका लागि माघ ११ बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, माघ ११, २०८२

काठमाडौँ । ११ माघः राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले बताउनुभयो । कोशी प्रदेशका खस आर्यतर्पmका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको हो । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टरार्ईले जानकारी दिनुुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!