१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

भालुवाङका ट्राफिक प्रमुख शाहीले महोत्सवमा गीतको माध्यमबाट ट्राफिक नियमको पालना गर्न संदेश मुलुक पस्तुती,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, माघ ११, २०८२

दाङ । लालमटिया अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक नरेन्द्र बहादुर शाहीले गीतको माध्यमबाट ट्राफिक नियमको पालना गर्न संदेश दिएका छन् ।

राप्ती उद्योग वाणिज्य संघले गत पुस २५ गते देखि दाङको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा सञ्चालन गरिरहेको साताै राप्ती लुम्बिनी प्रादेशिक व्यापारीक, पर्यटन तथा कृषि महोत्सवको शनिबार सोह्राै दिन ट्राफिक प्रमुख शाहीले गीतको माध्यमबाट बाटो काट्ने तरिका, हेल्मेटको प्रयोग, जेब्रा क्रसिङको महत्त्व, बत्तीको संकेत, मापसे गरि सवारी साधन चलाउन नहुने कुरालाई समेटेर महोत्सवमा सहभागी दर्शकहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङ,जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय भालुवाङ, अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङको सहकार्यमा ट्राफिक प्रमुख शाहीले गीत प्रस्तुत गर्दै सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्न सन्देश दिएका हुन् । चौकुने गाउँपालिका- १० सुर्खेत घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ मातहत अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङमा कार्यरत ट्राफिक प्रमुख शाही सानै देखि गीतसंगितमा रुचि राख्ने भएका कारण पछिल्लो समय उनले केही गीतहरू समेत बजारमा ल्याइसकेका छन्।

उनको सन्देशमूलक गीतले महोत्सवमा उपस्थित दर्शकलाई आकर्षित गर्नुका साथै ट्राफिक सचेतनामा थप प्रभाव पारेको थियो। कार्यक्रममा वरिष्ठ गन्धर्व बाधक तथा गन्धर्व समाजका अध्यक्ष जनक गन्धर्वले सारंगी वादन गर्नुभएको थियो भने हेमराज गन्धर्वले मादल वादनमार्फत साथ दिनुभएको थियो। परम्परागत लोकवाद्य सहित प्रस्तुत गरिएको ट्राफिक सचेतनामूलक गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको आयोजकले जनाएका छन्। महोत्सव स्थलमा मनोरञ्जनसँगै सामाजिक सन्देश दिन सकिने यस्ता कार्यक्रमले समुदायमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!