०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

लालमटियाको गोरखा आइडियल स्कूलले अभिभावक शिक्षा तथा विद्यार्थीहरुको कला प्रदर्शन कार्यक्रम सम्पन्न गर्‍यो : प्रस्तुतिहरु निकै संदेशमूलक,

Logo
बिदुर एमसी प्रकाशित सोमबार, माघ १२, २०८२

दाङ । देउखुरीको लालमटियास्थित गोरखा आइडियल स्कूलमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अनेकौं प्रस्तुतिका माध्यमबाट अत्यन्तै जनचेतनामूलक सन्देश प्रवाह गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती गाउँपालिका – २, मा पर्ने स्कूलमा यस्तो कार्यक्रम गरिएको हो ।

विद्यालयले शनिबार आयोजना गरेको पूर्व प्राथमिक तथा प्राथमिक तह अन्तरगत यु केजीका बालबालिकाहरूको प्रस्तुति तथा अभिभावक शिक्षा कार्यक्रम माध्यमबाट उनीहरूले अस्वस्थकर खानेकुरा खानाले मानव स्वास्थ्यमा हुने हानीका बारेमा शिक्षामूलक नाटक प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले ट्राफिक नियम पालनाको महत्व गीत र अभिनयका माध्यमबाट सन्देश प्रवाह गरेका थिए ।

विद्यार्थीहरूले उक्त समारोहमा कृत्रिम तरिकाले तयार गरिएका खानेकुराले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावहरुका बारेमा आफ्ना कलाबाट सचेत पार्दै घरमा तयार गरिने पौष्टिक खानाको महत्व समेत स्पष्ट पारेका थिए । सोही क्रममा ट्राफिक सचेतना सम्बन्धी गीतमा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना आवश्यक रहेको सन्देश दिइएको थियो।

गोर्खा स्कूलको समारोहमा सहभागी हुन आएका अभिभावक, शिक्षक तथा स्थानीयबासीहरूले विद्यार्थीहरूको प्रस्तुतीको मुक्त कण्ठले प्रशंसा गरेका थिए । साथै यस्ता गतिविधिले बालबालिकामा सिर्जनशीलताकाे विकास हुने बढ्नुका र समाज सकारात्मक दिशातिर अघि बढ्दै जानसक्ने बताएका छन् । विद्यालय प्रशासनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता व्यावहारिक र सन्देशमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

विद्यालय सञ्चालक समितिका सदस्य लोकमान रिजालको अध्यक्षतामा भएको साे कार्यक्रममा लावान्य इन्टरनेशनल काठमाडौंकी निर्देशक पूजा शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । साथमा काठमाडौं विश्व विद्यालयबाट २२ जना शिक्षकहरूलाई ४८ घण्टाको आवधिक तालिमको शैक्षिक प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा नर्सरीदेखि कक्षा ४ सम्मका बालबालिकाहरूको विभिन्न सन्देशमूलक प्रस्तुतिहरु राखिएका थिए ।

विद्यालयका प्रिन्सिपल बसन्त बहादुर पुनको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षिका पूजा गुरूङले गरेकी थिइन् । कार्यक्रममा अभिभावक र विद्यार्थी गरि हजारभन्दा धेरैको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!