२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचार अभियानका क्रममा नेपालगञ्जमा कार्यकर्ताको भिड,

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ १२, २०८२

बाँके । झापाबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचार अभियानका क्रममा नेपालगञ्ज पुगेका छन्। नेपालगञ्ज विमानस्थलबाहिर उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो।

विमानस्थलबाट रुफटप कारमा बाहिरिएका साहसँग सेल्फी खिच्न समर्थकहरू उत्साहित देखिन्थे भने उनलाई हेर्न स्थानीय बासिन्दा छतछतमा उभिएका थिए। विमानस्थलमै उनलाई स्वागत गर्न पार्टीका केन्द्रीय सदस्य खगेन्द्र सुनार पनि उपस्थित थिए।

नेपालगञ्जबाट साह सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिमबाट साहनिकट दुई व्यक्तिले उम्मेदवारी दिएका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन्। यी दुई निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर साह सुदूरपश्चिम जाने तयारीमा रहेको बुझिएको छ।

सुदूरपश्चिममा केही दिन बिताएपछि साह काठमाडौं फर्किनेछन्। त्यसपछि उनले काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा पनि चुनावी अभियानमा सहभागी हुने कार्यक्रम तय भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]