डोल्पा । जिल्ला डोल्पा, ठूलीभेरी नगरपालिका-०३, दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको छ।
मिति २०८३।०७।१४ गते बिहान अं. ०६:०० बजे जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ६ जना कैदी र २ जना थुनुवा गरी जम्मा ८ जना कारागारबाट भागी फरार भएका थिए।
फरार कैदी तथा थुनुवाहरूको खोजतलास गर्ने क्रममा रुकुम पश्चिमबाट दुई जनालाई पक्राउ गरिएको हो।
*पक्राउ पर्नेहरूमा:*
*१.* जिल्ला रुकुम पश्चिम, आठबिसकोट नगरपालिका-१० घर भएका ३२ वर्षीय रामबहादुर कामी। निज जबरजस्ती करणी सम्बन्धी कसुरमा १८ वर्ष कैद सजाय तोकिएका कैदी हुन्। निजको १३ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको थियो।
*२.* जिल्ला सल्यान, कुमाख गाउँपालिका-०५ घर भएका २८ वर्षीय रेशम राना। निज जबरजस्ती करणी सम्बन्धी कसुरमा १२ वर्ष कैद सजाय तोकिएका कैदी हुन्। निजको ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको थियो।
पक्राउ परेका दुवै जनालाई रुकुम पश्चिमबाट डोल्पा कारागार ल्याउने कार्य भइरहेको छ भने फरार रहेका अन्य कैदी तथा थुनुवाहरूको खोजतलास कार्य तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।