०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

डीआईजी खत्रीद्वारा नागरिकलाई दुःख दिएर पैसा कमाउने मानसिकता तत्काल त्याग्न कडा निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ १२, २०८२

रुपन्देही । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीले आम नागरिकलाई दुःख दिएर पैसा कमाउने मानसिकता तत्काल त्याग्न मातहतका प्रहरी कर्मचारीहरूलाई कडा निर्देशन दिनुभएको छ । ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा लुम्बिनी प्रेस क्लबद्वारा भैरहवामा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले प्रहरी संगठन खुला किताबजस्तै पारदर्शी हुनुपर्ने र गलत प्रवृत्ति आजैदेखि अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय व्यवसायीहरूले खुला सीमानाका कारण फस्टाएको अवैध कारोबार र चोरी पैठारीले स्वदेशी बजार सुकेको गुनासो गरेपछि डीआईजी खत्रीले यसलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो। भैरहवालाई देशकै महत्त्वपूर्ण आर्थिक केन्द्र मान्दै उहाँले कुनै पनि प्रहरीले प्रलोभनमा परी तस्करी वा राजस्व चुहावटमा मिलेमतो गरेमा त्यो सह्य नहुने चेतावनी दिनुभयो । उहाँले प्रशासनको पनि केही सीमा भए तापनि आफ्नो भूमिकामा खरो उत्रिने र अवैध गतिविधि रोक्न प्रतिबद्ध रहेको आश्वासन दिनुभयो ।

प्रहरी कार्यालयमा न्याय नपाएर भौँतारिने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उहाँले कुनै पनि गुनासो वा अनियमितता देखिएमा सिधै सम्पर्क गर्न आफ्नो निजी मोबाइल नम्बरसमेत सार्वजनिक गर्नुभयो। पैसा कमाउने उद्देश्यले नागरिक र व्यवसायीलाई दुःख नदिन निर्देशन दिँदै उहाँले सुरक्षा व्यवस्था थप मजबुत बनाउने र संगठनलाई पूर्ण रूपमा पारदर्शी बनाउने विश्वास दिलाउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!