१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा युवराज सफल पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ १३, २०८२

काठमाडौं । युवराज पौडेल उर्फ युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

उनलाई काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीका अनुसार उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी बनाएका भिडियो र दिएका अन्तर्वार्तामा झूटो आरोप लगाएका थिए ।

उक्त भिडियोमा देखिएका युवराज सफल भन्ने युवराज पौडेललाई कानुन बमोजिम आवश्यक कारबाही गरिदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयको माघ ८ गते प्रहरीलाई पत्राचार गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगञ्ज अवैध रूपमा भारतबाट ल्याइएको बोइलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ। जिल्ला बाँके, नेपालगञ्ज उप-महानगरपालिका-१० गणेशमान चोकबाट अवैध रूपमा ल्याइएका अन्दाजी ९० किलोग्राम तयारी बोइलर कुखुराको मासु नियन्त्रणमा लिइएको हो। बरामद गरिएको मासु आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

नेपालको आर्थिक समृद्धिका लागि शिक्षालाई उत्पादन र सीपसँग जोडौँ **सम्पादकीय** नेपालको आर्थिक अवस्था अझै पनि अपेक्षाकृत कमजोर छ। प्राकृतिक स्रोतसाधन, जलस्रोत, उर्वर भूमि, वनजङ्गल र श्रमशक्तिको पर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपालले आफ्नो आवश्यकता पूरा गर्न ठूलो मात्रामा विदेशी उत्पादनमा निर्भर रहनुपरेको छ। खाद्यान्नदेखि तरकारी, फलफूल, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु र सामान्य कृषिजन्य उत्पादनसमेत विदेशबाट आयात […]

  काठमाडौं । सरकारी वेबसाइटमा राखिएको नेपाली पात्रो बिग्रिएको दुई साता बितिसक्दा पनि सच्याउने तर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन। पात्रोमा मिति, तिथि र सार्वजनिक बिदा समेत फरक परेपछि सरकारी कामकाज र सेवाग्राहीमा अन्योल सिर्जना भएको छ। सरकारी वेबसाइटलाई नै आधिकारिक मान्ने सेवाग्राहीहरू गलत मितिका कारण समस्यामा परेका छन्। सामान्य प्राविधिक त्रुटि भए पनि […]