१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

सरकारले नेपाल प्रहरीको रासन स्केल र रासनवाफतको दैनिक रकम वृद्धि गर्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ १५, २०८२

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको रासन स्केल र रासनबाफतको रकम बढाउने  निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। मन्त्रिपरिषद्को बैठकपछि निर्णय सुनाउँदै अर्यालले भने, ‘मिति २०८२/११/१ देखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरियो।’

सरकारको निर्णयअनुसार, अब फागुन १ गतेदेखि नेपाल प्रहरीका सकल दर्जाले दैनिक रासन स्केल र रासनवाफतको वृद्धि भएको रकम पाउनेछन्। अब प्रहरीले रासन र रासनवाफतको दैनिक रकम कति पाउँछन्?

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार, प्रहरीको रासन र रासनवाफतको रकम वृद्धि भएको हो। प्रहरीको रासनका आइटम वृद्धि गरेर १९ पु¥याइएको हो। यसअघि प्रहरीले रासनमा दाल, चामल, मासु, तरकारी लगायत १६ आइटम पाउने गरेका थिए।

प्रहरीले दैनिक पाउने रासनको क्यालरी बढाएको हो। यसअघि दैनिक ४ हजार ३०.५ क्यालरी बराबरको रासन पाउने गरेका थिए भने अब यसलाई बढाएर प्रतिदिन ४ हजार ३६४ क्यालरी बराबरको रासन पाउनेछन्।

यसरी पाउने रासनवाफतको रकम पनि बढाइएको छ। रासनवाफतको रकम जिल्ला अनुसार फरकफरक हुने गरेको छ। तराईका जिल्लाभन्दा हिमाली जिल्लामा बढी हुने गरेको छ।

प्रहरीले सबैभन्दा कम झापामा रासनवाफत दैनिक १८० रुपैयाँ ५५ पैसा पाउँदै आएका थिए। अब दैनिक १९९ रुपैयाँ १० पैसा पाउनेछन्।
त्यस्तै, सबभन्दा बढी रकम हुम्लामा रहेको छ। हुम्लाको माथिल्लो भेगमा खटिने प्रहरीले दैनिक रासनवाफत ८६३ रुपैयाँ ६५ पैसा पाउने गरेका थिए। अब ९५२ रुपैयाँ ३६ पैसा पाउने भएका छन्।

यस्तै, काठमाडौँ उपत्यकामा दैनिक रासनवाफत २०१ रुपैयाँ पाउँदै आएका थिए। अब काठमाडौँमा कार्यरत प्रहरीले रासनवाफत दैनिक २२१ रुपैयाँ ९२ पैसा पाउनेछन्।

जिल्लाको दररेट अनुसार प्रहरीले पाउने रासनवाफतको रकम फरकफरक हुने गरेको प्रवक्ता काफ्लेले बताए। मन्त्रिपरिषद्को निर्णयअनुसार, समग्रमा १० प्रतिशत बढेको उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!