०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

रारास्वपा बरिष्ठ नेता बालेनको चुनावी प्रचारका लागि अछाममा एकजना बेहोस हेलिकप्टरबाट काठमाडौं लगियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नता बालेन्द्र साह (बालेन)को चुनावी प्रचारका लागि अछाम गएका एक जना बेहोस भएका छन् ।

नुवाकोट घरभएका ४४ वर्षीय दिनेश सिटौला आज बिहान एक्कासी बेहोस भएपछि उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बिहान एक्कासि बेहोस भएपछि सिटौलालाई अस्पताल भर्ना गरिएको थियो ।

तर थप उपचारका लागि भन्दै उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए ।

साथै बालेनले अछाममा चुनावी अभियान सकेर आजै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा जाने कार्यातालिका छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!