१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

बाँके जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ १८, २०८२

बाँके । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहाले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूृर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, बाँकेले जनाएको छ ।

अध्यागमन कार्यालय, बाँकेकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिँदै उनले करिब छ वर्षको अवधिमा आगमन र प्रस्थान जमुनाहाबाट सुरु भएको बताइन् । ‘जमुनाहा नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई असहज हुने अवस्था हुँदैन, हामीले दिने सबै सेवा सुरु गरेका छौँ,’ उनले भनिन् ।

नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउनका लागि जमुनाहा नाकाबाट निर्वाध आवतजावत गर्न मिल्ने उल्लेख गर्दै वलीले यसबाट पर्यटनका क्षेत्रमा नेपालले लाभ लिनसक्ने बताइन् । उनले भनिन्, ‘यो नाकाबाट आवतजावत हुने भएपछि यहाँका होटेल चलायमान हुन्छन् र त्यसबाट आर्थिक कारोबार पनि बढ्न सक्छ ।’

वलीले तेस्रो मुलुकबाट जमुनाहा नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यकटीयस्थलसम्म पुग्न सक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने विश्वास व्यक्त गरिन् । भारतीय पत्रकार एसके मधेसीयाले नाकाबाट हुने आवजावतले दुवै देशलाई लाभ हुने उल्लेख गर्दै भारत हुँदै जाने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने बताए ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकले भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भरपुर आनन्द लिनसक्ने बताए ।

उनले बाँकेमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघ लगायत वन्यजन्तुको अवलोकन गर्न पाउने बताए । कोरोनाकालदेखि जमुनाहा नाकाबाट तेस्रो मुलुकका पर्यटक जमुनाहा हुँदै नेपाल आउन बन्द गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेश पत्रमा फोटो […]

अहिले मोटोपनको कारण विश्वमा भयावह स्थिति सिर्जना भएको छ । सुविधासम्पन्न जीवनशैली तथा खानपानसम्बन्धी न्यून ज्ञानका कारण धेरै मानिस मोटोपनको समस्याबाट ग्रसित छन् । कुनै पनि मानिसको तौल तथा उचाइको अनुपात २५ वा सोभन्दा बढी भएमा उसलाई मोटोपनको समस्या भएको बुझिन्छ । मोटोपनका कारण शरीरमा अन्य धेरै नसर्ने दीर्घकालीन रोगहरू ह्दयाघात, पक्षघात, मधुमेह, उच्च रक्तचाप, […]

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ। गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो। आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त […]

error: Content is protected !!