१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

भारतमा घातक निपा भाइरसको संक्रमण पुष्टि भई संक्रमण बढ्दो सतर्कता अपनाउन अग्रह,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ १९, २०८२

बाँके । खुला सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। यस सन्दर्भमा स्वास्थ्य कार्यालय सिरहाले स्थानीय तहहरूलाई पत्राचार गर्दै आवश्यक सावधानी र निगरानी बढाउन निर्देशन दिएको छ।

स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य प्रशासक कृष्णदेव यादवका अनुसार निपा भाइरस फैलिएको क्षेत्र भ्रमण गरेर फर्किएका व्यक्तिहरूलाई निश्चित समयका लागि क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ। साथै समुदायमा आधारित रोग निर्देशिका २०८२ अनुसार यस्ता व्यक्तिहरूको स्वास्थ्य अवस्था नियमित रूपमा निगरानी गर्न स्थानीय तहलाई आग्रह गरिएको छ।

खुला सीमा भएका कारण नेपाल–भारत आवतजावत सहज रहेकाले सीमावर्ती जिल्लामा संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै निगरानी संयन्त्र सक्रिय बनाइएको जनाइएको छ। सीमावर्ती क्षेत्रमा स्वास्थ्यकर्मीहरूलाई सचेत रहन तथा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको तुरुन्त पहिचान र परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

भारतीय अधिकारीहरूले निपा भाइरसको प्रकोप नियन्त्रणमा आएको घोषणा गरे पनि जोखिम पूर्ण रूपमा समाप्त नभएको जनाइएको छ। त्यसैले संक्रमण फैलिन नदिन सतर्कता, जनचेतना र नियमित स्वास्थ्य अनुगमनलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!