३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

नेपाल प्रहरी उतारचढाव र कठिन परिस्थितिका बाबजुद पनि नागरिक सेवामा खटिएको छ, आईजिपी:कार्की

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ १९, २०८२

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। करिब १९ महिनाको कठोर प्रशिक्षण पूरा गरी दीक्षित भएका नयाँ अधिकृतहरूलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी इतिहासका अनेकौं उतारचढाव र कठिन परिस्थितिका बाबजुद पनि नागरिक सेवामा अनवरत खटिएको बताउनुभयो।

समारोहमा बोल्दै उहाँले प्रहरी संगठन जस्तोसुकै प्रतिकूलतामा पनि धुलो टकटकाएर र खरानीबाट उठेर पुनः नागरिककै सेवामा दत्तचित्त भई आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको स्मरण गराउनुभयो । वर्तमान समयमा अपराधको अन्तर्राष्ट्रियकरण, संगठित अपराधको विस्तार र सूचना प्रविधिको तीव्र विकासले सिर्जना गरेका नवीन चुनौतीहरूको सामना गर्न दीक्षित अधिकृतहरू सक्षम र व्यावसायिक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

महानिरीक्षक कार्कीले प्रहरी आम नागरिकले सुखमा भन्दा दुःख, पीडा र आपतविपतका बेला सम्झिने निकाय भएको उल्लेख गर्दै यो राज्य र नागरिकबीचको सेतु भएको बताउनुभयो। सात दशक लामो इतिहास बोकेको संगठनको सदस्य हुन पाउनु गौरवको विषय भए पनि यससँगै आउने जिम्मेवारी र चुनौतीका दायराहरू फराकिलो रहेको उहाँको भनाइ थियो। उहाँले नवनियुक्त अधिकृतहरूलाई संगठनको साख उच्च राख्दै नागरिकका समस्या समाधानमा सधैं अग्रपंक्तिमा रहेर काम गर्न निर्देशन दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!