२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

तेह्रथुमकी प्रधानाध्यापकलाई जातीय विभेदको दोषमा ९ महिना कैद सजाय,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २२, २०८२

काठमाडौं । तेह्रथुमकी प्रधानाध्यापक तारादेवी खतिवडालाई जिल्ला अदालतले जातीय विभेदको आरोपमा ९ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तोकेको छ। घटना भदौ ७ गते अठराईस्थित नाम्जाङ आधारभूत विद्यालयमा भएको थियो।प्रहरी र अदालतको अनुसार, प्रधानाध्यापक खतिवडाले तीजको दरखाने कार्यक्रममा सहकर्मी शिक्षिका एलिसा विश्वकर्मालाई “तल्लो जातले पकाएको भाँडामा ठुलो जातले खाना खान हुँदैन” भनी खाना पकाउने ठाउँमा जान रोक लगाएकी थिइन्। एलिसाले विगतमा पनि यस्तै विभेद भोगेकी थिइन् र यसपटक प्रमाणका लागि मोबाइलमा कुराकानी रेकर्ड गरी प्रहरीमा जाहेरी दिइन्। त्यसपछि प्रधानाध्यापक पक्राउ परिन् र अनुसन्धानपछि अदालतले सजाय सुनाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट बस दुर्घटनामा परेको हो । पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जन्ती  बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बुझिएको छ। बस सडकबाट करिब २ सय मिटर तल […]

बर्दिया । गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट बिहीबार दिउँसो मृत्यु भएको हो । बारबर्दिया नगरपालिका–११ बेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै रोकायको मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ७ जना […]

काठमाडौं । तेह्रथुमकी प्रधानाध्यापक तारादेवी खतिवडालाई जिल्ला अदालतले जातीय विभेदको आरोपमा ९ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तोकेको छ। घटना भदौ ७ गते अठराईस्थित नाम्जाङ आधारभूत विद्यालयमा भएको थियो।प्रहरी र अदालतको अनुसार, प्रधानाध्यापक खतिवडाले तीजको दरखाने कार्यक्रममा सहकर्मी शिक्षिका एलिसा विश्वकर्मालाई “तल्लो जातले पकाएको भाँडामा ठुलो जातले खाना खान हुँदैन” भनी खाना पकाउने […]

error: Content is protected !!