बर्दिया । गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट बिहीबार दिउँसो मृत्यु भएको हो ।
बारबर्दिया नगरपालिका–११ बेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै रोकायको मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए ।
डिभिजन वन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ७ जना ज्यान गएको छ भने बाघ र हात्तीको आक्रमणबाट एक/एक जनाको ज्यान गएको छ ।