२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने ‘खतरनाक खोपडी’ समूहका २५ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ २४, २०८२

कर्णाली। सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने ‘खतरनाक खोपडी’ समूहका २५ जनालाई पक्राउ गरेको छ। स्थानीय प्रशासनको अनुमतिबिना मोटरसाइकल र्‍याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याएको आरोपमा ‘खतरनाक खोपडी’ (ड्यान्जर स्कुल) नामक युवा समूहका २५ जनालाई आज प्रहरीले पक्राउ गरेको हो।

आज दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा उक्त समूहमा रहेका युवाले कालो र सेतो झण्डा बोकी मोटरसाइकलमा र्‍याली निकाल्दै होहल्ला गरेको आरोपमा वीरेन्द्रनगर–३ तातापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङग बुढ्थापाले जानकारी दिए।

उनले भने, ‘घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको प्रहरी टोलीले आठ मोटरसाइकल र चार स्कुटरसहित २५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।’

प्रारम्भिक अनुसन्धान अनुसार उक्त समूहले सार्वजनिक शान्ति खलल पुर्‍याउने गतिविधि गर्नुका साथै आसन्न प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेका कार्य गरेको पाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । वडा प्रहरी कार्यालय नेपालगंज बाँकेको आयोजना तथा नेपालगंज उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नेपालगंज ५ गणेशपुर बाँकेको सहकार्यमायस कार्यालय तथा मातहत प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण (BMI, Blood Pressure तथा सुगर परिक्षण) कार्यक्रम सम्पन्न भएको ।

कर्णाली। सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने ‘खतरनाक खोपडी’ समूहका २५ जनालाई पक्राउ गरेको छ। स्थानीय प्रशासनको अनुमतिबिना मोटरसाइकल र्‍याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याएको आरोपमा ‘खतरनाक खोपडी’ (ड्यान्जर स्कुल) नामक युवा समूहका २५ जनालाई आज प्रहरीले पक्राउ गरेको हो। आज दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै […]

काठमाडौं । सन् २०१४ मा रिलिज भएको चर्चित फिल्म ‘मेरी कोम’ को एक विशेष दृश्य आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै प्रियंकाले थापालाई सम्झिएकी हुन् । उक्त फिल्ममा सुनिल थापाले प्रियंकाको कोचको भूमिका निर्वाह गरेका थिए। भारतीय बक्सिङ खेलाडी मेरी कोमको जीवनीमा आधारित फिल्ममा थापा प्रशिक्षकको भूमिकामा देखिएका थिए, जसले प्रियंकाको पात्रलाई सफलतासम्म पुर्‍याउन साथ दिने प्रमुख […]

error: Content is protected !!