१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ २५, २०८२

कैलाली । कञ्चनपुर प्रहरीका अनुसार आइतबार बिहान करिब साढे २ बजे कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ मा किसन सिंह साउदको घरमा जंगली हात्तीले आक्रमण गरेको थियो ।

हात्तीले आक्रमण गरेपछि घरबाट भाग्ने क्रममा उनकी आमा ५५ वर्षीया पार्वती साउद र छोरी ६ वर्षीया रोजिना साउद घाइते भएको खबर स्थानीयले प्रहरीलाई दिएका थिए ।

प्रहरीले घाइते दुवै जनालाई टीएन्डसी अस्पतालमा सामान्य उपचार गरिएको जनाएको छ ।

थप उपचारका लागि धनगढी रिफर गरिएकोमा बिहान सवा ६ बजेतिर ६ वर्षीया रोजना साउदको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। […]

error: Content is protected !!