२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

दाङ क्षेत्र नं.३ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रश्न उठ्छ, तेज वली

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ २८, २०८२

दाङ । समय फेरियो, पार्टी फेरियो, तर जनजीवनको अवस्था किन उस्तै रह्यो? यो निर्वाचन केवल उम्मेदवारहरूको प्रतिस्पर्धा मात्र होइन, दङ्गाली जनताको चेतना, धैर्य र परिवर्तनको चाहनाको कठोर परीक्षा पनि हो।

दाङ कृषि, उद्योग, पर्यटन, स्वास्थ्य, शिक्षा र यातायातमा अपार सम्भावना बोकेको जिल्ला हो। यति ठूलो सम्भावना हुँदाहुँदै पनि यहाँको सुशासन र समग्र विकास अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। दीर्घकालीन र परिणाममुखी विकास कार्यहरूको कमीले जनजीवनमा प्रत्यक्ष सुधार ल्याउन सकेको छैन। स्वास्थ्य, शिक्षा र यातायातजस्ता आधारभूत सेवाहरू अझै कमजोर अवस्थामा छन्।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुबेदी उम्मेदवार हुनुहुन्छ। अघिल्लो निर्वाचनमा पनि उहाँ यही पार्टीबाट उम्मेदवार बन्नुभएको थियो र करिब १५ हजारभन्दा बढी मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएको थियो। यो तथ्य दाङ–३ मा वैकल्पिक राजनीतिको आधार बलियो रहेको संकेत गर्छ।

प्रतिस्पर्धीहरूमध्ये नेपाली कांग्रेसका दीपक गिरी दुईपटक निर्वाचित भइसकेका छन्, तर जनअपेक्षाअनुसार ठोस उपलब्धि दिन नसकेको आरोप छ। एमालेबाट उम्मेदवार घनश्याम पाण्डे हुनुहुन्छ भने माओवादी केन्द्रबाट धनबहादुर मस्की उम्मेदवार हुनुभएको छ, जो अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट प्रदेशसभामा विजयी भइसकेका छन्।

इतिहास हेर्दा दङ्गाली जनताले हरेक निर्वाचनमा आशा राख्दै मत परिवर्तन गर्दै आएका छन् — वि.सं. २०६४ मा माओवादीलाई, २०६९ मा कांग्रेसलाई र २०७४ मा एमालेलाई। तर पार्टी र सरकार फेरिए पनि दाङको अवस्था उस्तै रहनु यसको मुख्य चिन्ता हो।

युवाहरूमा देखिएको चेतना, जेन–जी पुस्ताको असन्तोष र त्यसपछि राज्यबाट देखिएको दमनले स्पष्ट देखाएको छ कि देश परिवर्तनको निर्णायक मोडमा पुगेको छ। यति धेरै युवाशक्ति गुमाइसकेपछि पनि के दङ्गाली जनता पुराना नेतृत्वमा विश्वास गर्दै फेरि उस्तै मत दिनेछन्?

यस निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र होइन, दाङको भविष्य कुन दिशातिर जाने भन्ने ऐतिहासिक निर्णयको अवसर हो। यसले उम्मेदवारको क्षमता मात्र होइन, दङ्गाली जनताको विवेक, साहस र सक्रिय सहभागितालाई पनि परिक्षण गर्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । समय फेरियो, पार्टी फेरियो, तर जनजीवनको अवस्था किन उस्तै रह्यो? यो निर्वाचन केवल उम्मेदवारहरूको प्रतिस्पर्धा मात्र होइन, दङ्गाली जनताको चेतना, धैर्य र परिवर्तनको चाहनाको कठोर परीक्षा पनि हो। दाङ कृषि, उद्योग, पर्यटन, स्वास्थ्य, शिक्षा र यातायातमा अपार सम्भावना बोकेको जिल्ला हो। यति ठूलो सम्भावना हुँदाहुँदै पनि यहाँको सुशासन र समग्र विकास अपेक्षाअनुसार अघि […]

काठमाडौं । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिएका हुन् । नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो । प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, […]

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

error: Content is protected !!