०२ फाल्गुण २०८२, शनिबार
14-02-2026 , Sat
×

बाँकेको खजुरामा राखिएको प्रेसर कुकुर बमलाई नेपाली सेनाद्वारा डिस्पोज,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०१, २०८२

बाँके । शुक्रबार खजुरा बजारमा बिहान अज्ञात समूहले राखेको प्रेसर कुकुर बमलाई नेपालगन्जको राझाँबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको इलाका प्रहरी कार्यालय खजुराले जानकारी दिएको छ ।

गत पृथ्वी जयन्तीका अवसरमा यसअघिको मनकामना चोकलाई पृथ्वी चोक नाम दिइएको हुँदा अज्ञात समूहले त्यस स्थानमा डर त्रास देखाउनका लागि समान्य प्रेसर कुकुर बम राखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

एकाबिहानै स्थानीयहरुले पृथ्वी चोकमा प्रेसर कुकुर बेरिएर राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात् प्रहरीले बम राखिएको स्थानलाई घेराबन्दी गरेर सेनाको टोलीलाई खबर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दाङकाे धारपानीमा आगामी फागुनमा लाग्ने महाशिवरात्री मेलामा लागुपदार्थ तथा मदिरा सेवन तथा बेचिबखन निषेध गरिएको छ । मन्दिर व्यवस्थापन समितिकाे बैठकले मेलामा उच्छृङ्खल तथा अपराधजन्य गतिविधि हुन नदिनका लागि समितिले ताेकेकाे सिमाभित्र मदिरा तथा लागुपदार्थ वेचिवखन र सेवन निषेध गरिने समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयाे । आगामी फागुन २ गतेदेखि ४ […]

काठमाडौं । पुर्व राजाको आगमनका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। स्वागतका लागि विभिन्न समूहका समर्थकहरू विमानस्थल क्षेत्रमा भेला भएका हुन्। उक्त अवसरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता कमल थापा लगायत पनि उपस्थित रहेको जनाइएको छ। यसअघि […]

बाँके । शुक्रबार खजुरा बजारमा बिहान अज्ञात समूहले राखेको प्रेसर कुकुर बमलाई नेपालगन्जको राझाँबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको इलाका प्रहरी कार्यालय खजुराले जानकारी दिएको छ । गत पृथ्वी जयन्तीका अवसरमा यसअघिको मनकामना चोकलाई पृथ्वी चोक नाम दिइएको हुँदा अज्ञात समूहले त्यस स्थानमा डर त्रास देखाउनका लागि समान्य प्रेसर कुकुर बम राखिएको हुन […]

error: Content is protected !!