०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

दाङको धारपानी मेलामा मदिरा र लागुपदार्थ खान नपाइने, मदिरा बेचिबखन निषेध,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०१, २०८२

दाङ । दाङकाे धारपानीमा आगामी फागुनमा लाग्ने महाशिवरात्री मेलामा लागुपदार्थ तथा मदिरा सेवन तथा बेचिबखन निषेध गरिएको छ । मन्दिर व्यवस्थापन समितिकाे बैठकले मेलामा उच्छृङ्खल तथा अपराधजन्य गतिविधि हुन नदिनका लागि समितिले ताेकेकाे सिमाभित्र मदिरा तथा लागुपदार्थ वेचिवखन र सेवन निषेध गरिने समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयाे । आगामी फागुन २ गतेदेखि ४ गते सम्म मन्दिरकाे पुर्व तर्फ रङघरा, उत्तरमा बवई नदि, दक्षिणमा पाण्डवेश्वर धार्मिक बन र पश्चिममा घाेराही धारपानी पर्यटन मार्गकाे कालाेपत्रे भाग सम्म कसैले पनि मदिरा र लागुपदार्थ वेच्न र खान पाउने छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रोल्पा । तालिमका क्रममा निर्वाचन प्रहरीलाई कु*ट्ने दुई प्रहरीजवान कार*बाहीमा परेका छन् । रोल्पामा प्रशिक्षणका क्रममा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि बिनाकारण कु*टपिट गर्ने प्रहरी जवानद्वय आरके खड्का र तिलक घर्ती मगरलाई विभागीय कार*बाही गरिएको छ । प्रशिक्षणका क्रममा यी दुईले सोमबार बेलुकी कुट*पिट गरेपछि १६ जनालाई उपचारका लागि अस्पताल नै पुर्याउनु परेको […]

काठमाडौं । नेपाल एपीएफ अस्पतालको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतिक विपद्, आपत्कालीन अवस्था, भूकम्प, कोभिड महामारी जस्ता चुनौतीको सामना गर्दै अस्पतालले जनस्वास्थ्यलाई सर्वोपरि ठानी कार्य गर्दै आइरहेको बताए । अस्पताल उपचार सेवामा मात्र सीमित नभई इमर्जेन्सी, प्याथोलोजी, रेडियोलोजी, डाइलेसिस सेवा, प्रसूति सेवालगायत आधुनिक सेवामा स्थापित हुँदै आएको […]

पुर्व राजालाई नभेटी नजाने भन्दै निर्मल निवास गेटमा बसिरहेका जेनजिहरूलाई युवराज्ञीले भेटेर संवाद गरे, काठमाडौं । राजसंस्थाप्रति आस्था र सम्मान व्यक्त गर्दै शान्तिपूर्ण रूपमा निर्मल निवास गेटमा बसेका युवाहरूलाई युवराज्ञीले व्यक्तिगत रूपमा भेटेर उनीहरूको भावना, अपेक्षा र चिन्ता सुन्नुभएको थियो। भेटका क्रममा युवाहरूले देशको भविष्य, स्थिरता, सुशासन र राष्ट्रिय एकताको विषयमा आफ्ना विचार राखेका थिए। […]

error: Content is protected !!