१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

रोल्पामा निर्वाचन प्रहरीमाथि गुरुबाहरूद्वारा निलडाम हुने गरि कुटपिट,अस्पतालमा भर्ना,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण ०२, २०८२

रोल्पा । निर्वाचन प्रहरी माथि कुटपिट गरेको घटना बाहिरिएको छ । गएको सोमबार घटेको उक्त घटनालाई प्रहरीले गुपचुपमा मिलाए पनि अन्ततः घटनाको वास्तविकता बाहिरिएको छ । प्रशिक्षणका लागि खटाइएका जनपद प्रहरीले जथाभावी लाठी प्रहार गर्दा १०४ जना निर्वाचन प्रहरी घाइते भएका छन् । जसमध्ये १६ जना रोल्पा अस्पताल रेउघामा भर्ना भएको र उपचारपश्चात् डिस्चार्ज गरिएको उपचारमा संलग्न रोल्पा अस्पतालका चिकित्सक डा. नीरज घर्तीमगरले जानकारी दिए । उनका अनुसार तीनजनाको एक्सरे गरिएको थियो भने धेरैजसोको ढाडमा र एकजनाको पुट्ठामा नीलडाम बसेको थियो । लाठी प्रहारको क्रममा केहीको मोबाइल फुटेको नाम नबताउने सर्तमा एक निर्वाचन प्रहरीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। […]

error: Content is protected !!