१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

नेपाल एपिएफ अस्पतालले विपद्का समयमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण ०२, २०८२

काठमाडौं । नेपाल एपीएफ अस्पतालको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतिक विपद्, आपत्कालीन अवस्था, भूकम्प, कोभिड महामारी जस्ता चुनौतीको सामना गर्दै अस्पतालले जनस्वास्थ्यलाई सर्वोपरि ठानी कार्य गर्दै आइरहेको बताए ।

अस्पताल उपचार सेवामा मात्र सीमित नभई इमर्जेन्सी, प्याथोलोजी, रेडियोलोजी, डाइलेसिस सेवा, प्रसूति सेवालगायत आधुनिक सेवामा स्थापित हुँदै आएको भन्दै उनले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा महानिरीक्षक अर्यालले अस्पतालमा कार्यरत रही वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अस्पताललाई सहयोग पुर्‍याउने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

स्वास्थ्य सेवा केवल पेसा नभई मानवताको सेवा, करुणाको अभ्यास र राष्ट्रप्रतिको गहिरो प्रतिबद्धता भएको भन्दै महानिरीक्षक अर्यालले व्यक्तिगत लाभ, पदोन्नति र करियर केन्द्रित सोचभन्दा माथि उठेर राष्ट्र, सङ्गठन र जनताको सर्वोच्च हितलाई पहिलो प्राथमिकतामा राखी काम गर्न निर्देशनसमेत दिए ।

सोही अवसरमा अस्पतालमा ‘मडुलर अप्रेसन थिएटर’को उद्घाटन गरिएको छ । कार्यक्रममा अस्पतालका प्रमुख, प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा रुपक महर्जनलगायतले धन्यवाद ज्ञापन गरेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!