१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको अग्रपंक्तिमा,जनस्वास्थ्यमाथि गम्भीर जोखिम,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ०४, २०८२

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको वायु गुणस्तर आज गम्भीर रूपमा बिग्रँदै अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स (ब्त्तक्ष्)’ अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको छ। यो स्तरलाई वातावरण तथा स्वास्थ्य विज्ञहरूले ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा वर्गीकरण गरेका छन्।

वायु प्रदूषणको यो अवस्थासँगै काठमाडौं आज विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा सूचीकृत भएको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर निगरानी प्रणालीका अनुसार विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा इजिप्टको राजधानी कायरो अग्रस्थानमा रहेको छ, जहाँ आज २७३ एक्युआई मापन गरिएको छ। यद्यपि कायरोको तुलनामा कम देखिए पनि काठमाडौंको १७५ एक्युआईको अवस्था सामान्य जनस्वास्थ्यका लागि अत्यन्तै चिन्ताजनक मानिन्छ।
एक्युआई १७५ः कति खतरनाक ?
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार एक्युआईले हावामा रहेका सूक्ष्म कण, ग्यास र प्रदूषक तत्वको मात्रा मापन गरी मानव स्वास्थ्यमा पर्ने असर संकेत गर्छ। उनका अनुसार ०–५० एक्युआई ः राम्रो (हरियो सङ्केत) , ५१–१०० एक्युआई ः सचेत रहनुपर्ने (पहेँलो सङ्केत) , १०१–१५० एक्युआई ः अस्वस्थ (संवेदनशील समूह प्रभावित) , १५१–२०० एक्युआई ः सबैका लागि अस्वस्थ , २०१–३०० एक्युआई ः धेरै अस्वस्थ , ३०० भन्दा माथि ः अत्यन्तै खतरनाक , काठमाडौं अहिले १५१–२०० को दायरामा परेकाले स्वस्थ व्यक्तिहरूमा समेत श्वासप्रश्वास सम्बन्धी समस्या देखिन सक्ने अवस्था रहेको डा. उप्रेती बताउँछन्। उनका अनुसार लामो समयसम्म यस्तो प्रदूषित हावामा बस्दा दम, फोक्सोसम्बन्धी रोग, मुटुका समस्या, आँखा र छालामा जलन, टाउको दुख्ने तथा दीर्घकालीन स्वास्थ्य जोखिम बढ्ने सम्भावना उच्च हुन्छ।
किन बढ्दैछ काठमाडौंको वायु प्रदूषण ?
वातावरणविद्हरूका अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण पछिल्ला वर्षहरूमा मौसमी मात्र नभई संरचनागत समस्या बन्दै गएको छ। उपत्यकाको भौगोलिक बनावट, जनघनत्वको चाप र अव्यवस्थित शहरीकरणले प्रदूषणलाई अझ जटिल बनाएको छ।
प्रमुख कारणहरूमा पुराना तथा धुँवा उत्सर्जन गर्ने सवारी साधन , सडक विस्तार र निर्माण कार्यबाट उड्ने धुलो , ठोस, प्लास्टिकजन्य फोहोर तथा टायर जलाउने प्रवृत्ति , इँटाभट्टा, उद्योग र कलकारखानाबाट निस्कने धुँवा , कृषिजन्य अवशेष (पराल, डाँठ) जलाउने चलन , सुख्खा मौसम र हावाको न्यून गतिको अवस्था । विशेषज्ञहरूका अनुसार काठमाडौं चारैतिर डाँडाले घेरिएको कटोरानुमा उपत्यका भएकाले प्रदूषित हावा बाहिर निस्कन नसकी यहीँ थुनिन्छ, जसले प्रदूषणको मात्रा झनै बढाउँछ।
नेपालमा हरेक वर्ष विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको तथ्यांकले देखाउँछ। जाडोयाममा ‘थर्मल इन्भर्सन’ का कारण प्रदूषित कणहरू जमिन नजिकै अड्किन्छन् भने वसन्तयाममा सुख्खा मौसम र डढेलोले प्रदूषण बढाउँछ।यस अवधिमा काठमाडौंको आकाश धुम्म देखिनु, टाढाका डाँडा नदेखिनु, आँखामा पोल्ने अनुभूति हुनु र घाँटी खसखसाउनु सामान्य बन्दै गएको छ।
सबैभन्दा बढी जोखिममा को–को ?
वातावरण विभागका अनुसार वायु प्रदूषणले सबै उमेर समूहलाई असर गरे पनि केही समूहहरू अत्यधिक जोखिममा छन्। तीमध्ये बालबालिका ः फोक्सो पूर्ण रूपमा विकसित नभएकाले दीर्घकालीन असर , वृद्धवृद्धा ः रोग प्रतिरोधात्मक क्षमता कमजोर , श्वासप्रश्वासका बिरामी ः दम, एलर्जी, ब्रोंकाइटिस , मुटुरोगी ः हृदयाघात र स्ट्रोकको जोखिम , गर्भवती महिला ः आमा र गर्भस्थ शिशुमा असर , यस्ता समूहलाई आजजस्तो प्रदूषणको अवस्थामा अनावश्यक रूपमा बाहिर ननिस्कन र विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार वातावरण विभागले नागरिक तथा सरोकारवालालाई सावधानी अपनाउन आग्रह गरेको छ। विभागले जारी गरेको सूचनामा भनिएको छ कि हालको वायु गुणस्तर स्वास्थ्यका लागि प्रतिकूल भएकाले सबै पक्ष जिम्मेवार हुनुपर्छ।
विभागको आग्रह अनुसार ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउने , कृषिजन्य अवशेष जलाउने कार्य रोक्ने , सवारी साधनको नियमित मर्मत सम्भार गर्ने , सकेसम्म सार्वजनिक यातायात प्रयोग गर्ने , उद्योग, कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्ने , सडक तथा निर्माण कार्यबाट उड्ने धुलो नियन्त्रण गर्ने।विभागले बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीलाई विशेष सावधानी अपनाउन र स्वास्थ्य समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन अनुरोध गरेको छ।
काठमाडौं उपत्यकाका बासिन्दाहरू वायु प्रदूषणप्रति चिन्तित देखिन्छन्। “सास फेर्दा धुलो र गन्ध महसुस हुन्छ,” ललितपुरका एक स्थानीयले भने, “राजधानीमै यस्तो अवस्था हुनु दुःखद हो।”अभिभावकहरू बालबालिकाको स्वास्थ्यलाई लिएर चिन्तित छन् भने वृद्धवृद्धा बिहान–बेलुका सास फेर्न गाह्रो हुने गुनासो गर्छन्। धेरै नागरिक मास्क प्रयोग गर्न बाध्य भएका छन्।

वायु प्रदूषण अब केवल वातावरणीय समस्या मात्र नभई सार्वजनिक स्वास्थ्य संकट बन्दै गएको विज्ञहरूको निष्कर्ष छ। दीर्घकालीन समाधानका लागि कडा नीति, प्रभावकारी कार्यान्वयन र नागरिक सहभागिता अनिवार्य रहेको उनीहरू बताउँछन्।यदि समयमै ठोस कदम चालिएन भने काठमाडौं उपत्यका आगामी वर्षहरूमा बस्नै नसक्ने सहर बन्ने जोखिममा रहेको भन्दै विज्ञहरूले गम्भीर चेतावनी दिएका छन्। आजको १७५ एक्युआईको अवस्था सामान्य उतारचढाव नभई, राजधानीको भविष्यप्रति गम्भीर प्रश्न उठाउने संकेत भएको उनीहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। […]

error: Content is protected !!