१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

नागरिकता किर्ते आरोपबारे बालेनविरुद्ध कुनै जाहेरी दर्ता छैन’जिल्ला प्रहरी भद्रकालीको स्पष्टोक्ति,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौं । बालेन्द्र शाह उर्फ बालेन झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा चुनावको मैदानमा छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिएका शाह यतिबेला देशदौडाहमा व्यस्त छन्।

चुनावी मैदानमा उत्रिएसँगै शाहमाथि सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा अनेक टिकाटिप्पणी भइरहेका छन्। पछिल्लो समय उनको नाम जोडेर ‘नागरिकता किर्ते’ सम्बन्धी आरोप सार्वजनिक भएको छ।

५ फागुनमा एक अनलाइन माध्यमले ‘कानूनविपरीत थर फेरेर नागरिकताको प्रतिलिपि लिएको’ आशयको समाचार प्रकाशित गरेपछि उक्त विषयले चर्चा पाएको छ। त्यसपछि अन्य केही मिडियाले पनि सोही सामग्रीलाई आधार मानेर शाहविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता भएको दाबी गर्दै समाचार लेखे।

समाचारहरूमा शाहले ‘साह’ थरलाई ‘शाह’ बनाउँदै नागरिकतामा अनधिकृत संशोधन गराएको आरोप उल्लेख गरिएको छ।

तर, शाहविरुद्ध नागरिकता किर्ते आरोपमा प्रहरीमा जाहेरी परेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला जिल्ला प्रहरी परिसर काठमाडौंले त्यस्तो कुनै उजुरी दर्ता नभएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापासँग प्रत्यक्ष सम्पर्क गर्दा उनले हालसम्म यस विषयमा कुनै पनि जाहेरी दर्ता नभएको स्पष्ट पारे। ‘केही मिडियामा जाहेरी परेको भन्ने समाचार देखियो, तर हाम्रो कार्यालयमा त्यस्तो कुनै उजुरी दर्ता भएको छैन,’ उनले बताए।

चुनावी माहोल तातेका बेला विभिन्न आरोप-प्रत्यारोप सार्वजनिक भइरहेका छन्। यद्यपि, प्रहरीको आधिकारिक भनाइअनुसार बालेन्द्र शाहविरुद्ध नागरिकता किर्तेसम्बन्धी कुनै जाहेरी परेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। […]

error: Content is protected !!