३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

रौतहटमा तनावग्रस्त भएपछी सदरमुकाम गौरमा प्रशासनद्वारा कफ्र्यु आदेश जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण ०९, २०८२

रौतहट । जिल्ला सुरक्षा समिति रौतहटको निर्णय अनुसार शनिबार दिउँसो १ बजे देखि अर्को आदेश नहुन्जेल सम्मको लागि कफ्र्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए ।

पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कफ्र्यु लगाइएको उनले बताए ।

कफ्र्यु लगाइएको क्षेत्रमा कुनै व्यक्ति आवत जावत गर्न, भेला गर्न, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रबार साँझ भएको ६ बुँदे सहमति विपरित शनिबार बिहान पुनः दुई समुदायबीच झडप भएसँगै अवस्था तनावग्रस्त भए पछि कफ्र्यु जारी गरिएको हो ।

बिहान करिब ९ बजेदेखि ढुङ्गामुढा सुरु भएपछि स्थिति नियन्त्रणमा लिन सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप उग्र रूप लिन थालेपछी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोली घटनास्थलमा खटिएका छन् ।

शनिबार गौरको बिभिन्न ठाउँमा भएको झडपमा कैयौँ गाडी जलाइएको छ भने गौर–३ मा रहेको एउटा मस्जिद समेत जलाइएको छ ।

शुक्रबार साँझ भएका वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहो¥याइएको थियो ।

बिहीबार राती सवगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिद अगाडि अवरोध भएपछि विवाद चर्किएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!