१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

मान्छेलाई मस्तिष्कघात हुने कारणहरु ?

Logo
ABC-Sanchar प्रकाशित शनिबार, फाल्गुण ०९, २०८२

काठमाडौं । मस्तिष्कघात साधारण भाषामा बुझ्दा मस्तिष्कमा हुने आघात हो । यस्तो आघात नै पक्षाघातको कारण हुन्छ । समयमै उपचार गराउन नसके यही कारणले मानिस अपांग हुन पुग्छ । मस्तिष्कघात एउटा आपतकालीन अवस्था हो । यसलाई सुरुमै चिनेर उपचार गराए प्रभावित मानिसले सामान्य जीवन जिउन सक्छ । यसको उपचार संभव छ । मस्तिष्कघातको लक्षण देखा परेको चारघन्टा भित्र उपचार सुरु गर्न सके मानिसलाई पक्षघातबाट जोगाउन सकिन्छ ।

लक्षण

मस्तिष्कघात हुनुअघि मस्तिष्कमा प्रवाह हुने रगतमा अवरोध सिर्जना हुन्छ । यस्तो हुँदा अक्सिजनको अभावमा मस्तिष्कका कोषिकाहरू मर्न थाल्छन् । चिकित्सकका अनुसार ह्दयाघातमा जस्तो मस्तिष्कघातमा कुनै पूर्व संकेत देखिँदैन । यसले मस्तिष्कको जुन भागलाई प्रभावित गरिरहेको हुन्छ सोहीअनुसार लक्षण देखापर्छ । मस्तिष्कघात कुनै पनि शारीरिक प्रक्रियाले अचानक काम गर्न बन्द गर्ने प्रक्रियासँग जोडिएको हुन्छ । शारीरिक सन्तुलन, आँखा, अनुहार, हात, बोल्ने तरिका आदिमा कुनै अप्ठ्यारो महसुस भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

मस्तिष्कघातको जोखिमबाट कसरी बच्ने ?

नेपालमा मस्तिष्कघातका बिरामी यति नै छन् भन्ने खासै तथ्यांक छैन । यद्यपि न्युरोलोजिकल स्ट्रोक भएर अस्पताल आउने बिरामीहरूको संख्या दोस्रो स्थानमा रहेको केही अध्ययनले देखाएका छन् । मस्तिष्कघात धेरैजसो अवस्थामा ४५ वर्षभन्दा माथिको उमेरसमूहमा देखा पर्छ तर नेपालमा भने मस्तिष्कघात ४५ वर्षभन्दा कम उमेरका मानिसमा समेत देखा परेको तथ्यांक छ । सामान्य अवस्थामा ५५ वर्षको उमेरपछि ६ जनामध्ये १ पुरुष तथा ५ जनामध्ये १ महिलामा मस्तिष्कघात हुने खतरा धेरै गुणा बढी हुन्छ । हालसालै गरिएको एक अनुसन्धान अनुसार संसारभर प्रत्येक १ मिनेटमा ३ जना अर्थात् २० सेकन्डमा १ जना मस्तिष्कघातको सिकार हुने गरेका छन् । यसरी मस्तिष्कघातको सिकार हुनेहरूमध्ये दक्षिण एसियाका ९० प्रतिशत बिरामी समयमै अस्पताल पुग्न सक्दैनन् ।

 

मस्तिष्कघातसँग चिनी र नुनको सम्बन्ध

मधुमेह, उच्च कोलस्टेरोल, उच्च रक्तचाप तथा मोटोपनबाट ग्रसित मानिसहरू नै धेरैजसो मस्तिष्कघातको सिकार हुन्छ । प्रशोधित तेल, चिनी, नुन तथा तारेका खानेकुरा धेरै खानेहरूलाई मस्तिष्कघातको खतरा बढी हुन्छ ।

के गर्ने ?

 अचानक अनुहार बांगियो, हात सिधा भएन, बोली लरखरायो भने मस्तिष्कघात भयो भनेर बुझ्नुपर्छ ।

 यस्तो स्थितिमा हेलचेक्र्याइँ नगरी समयमै अस्पताल पुग्नुपर्छ ।

मस्तिष्कघातबाट जोगिन

जीवनशैली परिवर्तन गर्नुपर्छ । चिल्लो तथा मसालेदार खाना बढी खानु हुँदैन । धूम्रपान गर्नु हुँदैन । नियमित शारीरिक व्यायाम गर्नुपर्छ । उच्च रक्तचाप तथा मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । नियन्त्रित जीवनशैलीका कारण अहिले विकसित देशमा मस्तिष्कघातका बिरामीको संख्या घटिरहेको छ भने विकासोन्मुख देशमा बढ्दो क्रममा छ ।
#Saptahik

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। […]

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

error: Content is protected !!