३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

रौतहटमा भड्किएको हिंसाका कारण अनिश्चितकालीन कर्फ्यू आदेश जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १०, २०८२

रौतहट । अदालतको कामकारबाही पनि प्रभावित भएको छ । रौतहट जिल्ला अदालतले आज आइतबार हुने सम्पूर्ण कामकारबाही स्थगित भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहट गौरले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा कुनै व्यक्ति आवतजावत गर्न, भेला सभा जुलुस तथा प्रदशर्न गर्न नपाउने गरी जारी भएकाले अदालतको कामकारबाही पनि प्रभावित भएको जनाएको छ ।

अदालतले सूचना जारी गरेर अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने जानकारी दिएको छ ।
फागुन ७ गतेदेखि भड्किएको हिंसाका कारण रौतहटको सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यु जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!