२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको तुलसीपुर महोत्सवमा दशर्कको घुइँचो मंगलबार हेमन्त शर्मा आउने

Logo
प्रकाशित मंगलबार, माघ १४, २०७६

(सरद रेग्मी)
दाङ माघ १४ तुलसीपुर महोत्सवमा दिनानुदिन उत्साह थपिदै गएको छ । आयोजक तुलसीपुरलाइ महोत्सव व्यावस्थापन गर्न पनि आम सहभागिताले लिड गरीरहेको छ । त्यसैले त तुलसीपुर उद्योग वाणिज्य सघका सवै अधिकारी र पुर्वपधादिकारीहरु पनि महोत्सवलाइ भव्य र सभ्य बनाउन खटिइरहेका छन् ।
भाले लडाइमा दार्जिलिङबाट मात्र नभएर भारतबाट पनि भाले ल्याइएका छन् ।कम्तिमा दुइ दर्जन भालेहरुले फाइट गरेको परीदृश्य उत्साहजनक थियो । पशुपति शर्माको प्रस्तुतीले पनि महोत्सवलाइ धेरै उचाइ दिएको छ । कुस्ती प्रतियोगिता पनि महोत्सवको आकर्षण देखिएको छ ।
उदेश्य के लिनु, उडिछुन् चन्द्र एक, तर तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव लगाएर धेरै आशा गरेको होइन, विमानस्थलको स्तरोन्नती र निर्माणाधिन सभाहलको पुरा गर्नकालागी मात्रै हो । त्यसैले तुलसीपुरको विमानस्थलको स्तरोन्नती गर्नको लागि पर्यटन मन्त्रीलाइ प्रमुख अतिथि बनाइएको थियो । ‘विकाशका मुद्धा एउटा राजनितिक दलका मात्र हुन सक्दैन, आम नागरिकका साझा मुद्धा हुन, त्यसैले पनि यसलाइ सफल पार्न सवैको साथ र सहयोगको अपेक्षा गरेका छौं,’—तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले भने ।
कलाकारहरुको वेजोड प्रस्तुतीले महोत्सवलाइ भव्य र सभ्य बनाइरहेको छ ।‘गर्नुगर्यौ वालाराम भयस पालके’, कमल गाउंलेको पुरानो गीतको हिन्दी डविङमा दर्शक स्रोता मनोरञ्जन लिइरहेका थिए । किनकि हामी कहाँ हिन्दी गीतका पारखीहरुको संख्या पनि अधिक छ ।
राधिका हमालको झोर्लेहै, क्याम्पस पढ्न आउने, झकास’ लगायतका गीतमा पनि दर्शकहरुले नाँचे ।
उनको लाहुरे ठिटो, ढल्के जवानीमा धेरै युवाहरु लठ्ठिएका थिए । नेपाल आमाकी जय, कलाकारकी जय, टरीगाउँ विमानस्थलकी जय….। राष्ट्रिय कलाकार मौसमी रानाको नृत्यले पनि महोत्सवमा पुगेकाहरु रमाए । पछ्यौरी भाषाको गीत थियो उनको ।
फेरि अर्का कलाकार पशुपतिले पनि राष्ट्रिय भावनाले ओतप्रोत गीत पस्कदा मानिसहरु राष्ट्रियतामा डुवे । लैनो भंैसी पाल्छु, मलाई अमेरीका यै, जापान पनि यै’ बोलका गीतहरु उनले गाँउदा मानिसहरु मन्त्रमुग्ध भएर सुनेका थिए । गायिका मौसमी राना, सिर्जना खत्री, उमादेवी खनाल लगाएतले पनि दर्शकको मन जित्न भरपुर प्रयास गरे ।
विकाशमा साझेदारी आवश्यक ः डिल्लीबहादुर चौधरी
प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति डिल्लीवहादुर चौधरीले विकाशका लागि हुने सामाजिक कार्यहरुमा नेपाली कांग्रेसको पुरै समर्थन हुने बताएका छन् । प्रमुख अतिथि चौधरीले स्थानीय उत्पादन र व्यापारलाई प्रवद्र्धन गर्न सबै जुट्नुपर्ने तर्क गरे । तुलसीपुर महोत्सवमा मंगलवार गायक हेमन्त शर्मा, पुजा पुरी, गोपाल नेपाल जिएम, सरु बोहोरा लगायतको प्रस्तुती रहने महोत्सव आयोजकहरुले जानकारी दिएका छन् ।


कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!