२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

मृत भेटिएकी इनिशा विकको शव अझैसम्म अस्पतालमा उठेको छैन निष्पक्ष छानबिनको माग ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०३, २०८२

कर्णाली । गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनका मृत भेटिएकी १६ वर्षीय इनिशा विकको शव अझै उठेको छैन । स्वतन्त्र र निष्पक्ष छानबिन, घटनामा संलग्नलाई कडा कारबाहीसहित न्यायको माग राख्दै घटना भएको १० दिन बितिसक्दा पनि उनको परिवारले शव उठाउन मानेको छैन । इनिशाको शव सुर्खेतस्थित प्रदेश अस्पतालमै छ ।

इनिशाको बलात्कारपछि हत्या गरिएको भन्दै जिल्लासहित देशभर आन्दोलन भइरहेको छ । इनिशाको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको परिवारले बताउँदै आएको छ ।

प्रहरीले घटनाको बारेमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी) बाट गहन अनुसन्धान भइरहेको जनाएको छ । सुर्खेत प्रहरीका सूचना अधिकारी एवं डिएसपी मोहनजङ्ग बुढथापाले प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली शुक्रबार वीरेन्द्रनगर आएपछि शनिबारदेखि गहन अनुसन्धान सुरु गरेको बताए । उनले भने, æयस विषयमा गहन अनुसन्धान भइरहेकाले थप विवरण आउन केही समय लाग्छ ।Æ उनले फरेन्सिक ल्याबमा पीडित र पीडक परिवारका दुवै जनाको मोबाइललगायत विद्युतीय सामग्री अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आइनसकेको स्पष्ट पारे ।

डिएसपी बुढथापाका अनुसार पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेत पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदनसमेत दिइसकेको छ ।  प्रतिवेदन अनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।

घटनापछि चार किशोरलाई प्रहरीले पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिसकेको छ । गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिशाको गत फागुन २३ गते बिहान ट्युसन पढ्न भनी घरबाट हिँडेकी थिइन् । इनिशाका दाजु चक्र विकले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी घटनामा संलग्नलाई कानुनी कारबाही नभएसम्म आफूहरूले शव नउठाउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!