३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

सुरक्षासम्बन्धी गम्भीर घटनापछि डीएसपी प्रदीप पौडेलसहितका सबैलाई सशस्त्र प्रधान कार्यालय काठमाडौं तानियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०७, २०८२

काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल (एपीएफ) को सीमा सुरक्षा गुल्ममा भएको सुरक्षासम्बन्धी गम्भीर घटनापछि गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका कर्मचारीलाई प्रधान कार्यालय काठमाडौं झिकाइएको छ।

चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा उत्पन्न घटनालाई लिएर युनिट सुरक्षामा लापरबाही भएको ठहर गर्दै सशस्त्र प्रहरी बल मुख्यालयले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो।

घटनाका क्रममा केही तस्कर समूह अनधिकृत रूपमा सशस्त्र प्रहरीको कार्यालय परिसरभित्रै प्रवेश गरी गुल्मपतिमाथि हातपातको प्रयाससम्म गरेको खुलेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

यस्तो अवस्थामा किन आवश्यक बल प्रयोग गरिएन र सुरक्षामा किन कमजोरी देखियो भन्ने विषयमा मुख्यालयले गम्भीर छानबिन सुरु गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार, तस्कर समूह कसरी कार्यालयभित्र प्रवेश गर्‍यो र हुलहुज्जतको अवस्था किन सिर्जना हुन पुग्यो भन्ने विषयमा समेत विस्तृत अनुसन्धान भइरहेको छ।

यद्यपि, डीएसपी पौडेलले विगतदेखि नै तस्करी नियन्त्रणमा सक्रिय र प्रभावकारी भूमिका खेल्दै आएको मुख्यालयलाई जानकारी रहेको छ। तर, उक्त घटनामा युनिट सुरक्षामा अपेक्षित सतर्कता नदेखिएको निष्कर्ष निकालिएको छ।

यसैबीच, घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले नं. ४३ रिजर्भ गण वनबेहडा, कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!