धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ।
यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला।
– पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ
– सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस्
– नेपाल प्रहरीको ट्राफिक अपडेट – १०० र १०३ मा सम्पर्क गर्न सक्नुहुन्छ ।