*दाङ,। घोराही जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने उपाय, ट्राफिक व्यवस्थापन र सचेतनाका विषयमा प्रशिक्षण दिइएको थियो।