१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

प्रहरी र सेनालाई दोष देखाएर छानबिन प्रतिवेदन आयोगका सदस्य विज्ञानराज अख्तियारको आयुक्त बन्ने दाउमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०७, २०८२

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र फौजदारी कानुन अनुसार अनुसन्धान गर्न सिफारिस गर्न भूमिका खेलेको नेपाल प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
प्रतिवेदन तयार गर्नुअघि नै संसदमा झन्डै दुई तिहाइ मत ल्याउन सफल रास्वपाका नेताहरूसँग भेटेर शर्माले अख्तियारमा जानेबारे छलफल गरेको जानकारहरू बताउँछन् अख्तियारका एक जना आयुक्त किशोर सिलवाल मंसिर २५ देखि अवकाश मा गएका थिए । उनको स्थानमा आयुक्त नियुक्त हुन शर्माले लबिङ गरेका हुन् । रास्वपान का एक जना उच्च पदाधिकारीले भने शर्माले आफूलाई अख्तियारको आयुक्त बन्न योग्य उम्मेदवारको रूपमा प्रस्तुत गर्दै त्यहाँ गएर काम गर्ने इच्छा देखाउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि […]

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]