१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

पानीसँगको मेरो साइनो ! सबिन प्रियासन

Logo
Abc Sanchar प्रकाशित आइतबार, चैत्र ०८, २०८२

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । मलाई आज त्यो दिनको याद आइरहेको छ, जतिबेला स्वर्गीय देवीबहादुर डिसी, म सबिन प्रियासन, विवेक श्रेष्ठ, धुर्व केसी, सुमन शर्मा यो आयोजनालाई स्वीकृति दिलाउनको लागि हामीहरू स्कार्पियो मार्फत काठमाडौँ जाँदै थियौ । हामी चढेको गाडी बिहान ४:३० बजे त्रिशुली गल्छीमा दुर्घटना भयो । संयोगले गाडी त्रिशुलीतिर खसेन हामीलाई चोटपटक लाग्यो तर पनि हामीहरु जुन उद्देश्यले काठमाडौँ जाँदै थियौ, त्यो उद्देश्यमा पछि हटेनौ । आज घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना सम्पन्न हुँदैछ। सम्भवत यसले घोराहीमा धेरै वर्षसम्म पिउने पानीलाई सहजता प्रदान गर्नेछ। यसैगरी खानेपानीको सवालमा धेरै ठाउँमा गइयो । तर भर्खरै हापुरस्थित तल्लो वसन्तापुर टोल पिउने पानीको चरम समस्याबाट मेरो पनि सहभागितामा मुक्त भएको छ। यतिबेला हामीले घोराही -६ चैनपुरको पिउने पानीको समस्यालाई निराकरण गर्नका लागि आफ्नो सहभागिता जनाएका छौं । खानेपानी तथा सरसफाई कार्यालयले खुल्ला दिशामुक्त क्षेत्र अभियान चलाउँदा पनि पत्रकार महासंघको तर्फबाट हामीले बलियो साथ दिएका थियौं । मैले यति कुरा किन भनिरहेको छु भने आज पानी दिवस हो । आजको दिन पानीबा भनेर प्रख्यात स्वर्गीय देवीबहादुर डिसीलगायत जति पनि पिउने पानीको समस्या सम्बोधन गर्न दिनरात लाग्नुभयो सबैप्रति नमन गर्न चाहन्छु। अनि पानी दिवसको सबैमा शुभकामना !

सबिन प्रियसन (संयोजक)
घोराही बनाऔ अभियान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]