१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

कोलम्बियामा टेकअफ गर्ने क्रममा विमान दुर्घटना,हालसम्म मृतकको संख्या ६६ पुग्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र १०, २०८२

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ।

रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र त्यसपछि आगलागी भएको थियो।

एएफपीकाअनुसार, यस दुर्घटनामा ५८ सैनिक, ६ जना वायुसेना कर्मचारी र २ जना प्रहरी अधिकारीको ज्यान गएको छ। यो दुर्घटना ग्रस्त सी-१३० हर्क्युलिस नामक सैनिक विमान हो।

उक्त विमान पेरुको सीमासँग जोडिएको पुतुमायो विभागको पुएर्तो लेगुइजामो शहरमा दुर्घटनाग्रस्त भएको हो। विमानमा कुल १ सय २८ जना सवार रहेको रोयटर्सले जनाएको छ।

जसमा ११५ जना सेना सवार थिए भने दुई जना प्रहरी अधिकारी थिए। त्यस्तै, विमानमा ११ जना चालकदलका सदस्य (वायुसेनाका सदस्य) हरु रहेका थिए। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]