कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाएको हो । प्रशासनले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको जानकारी दिएको छ ।
‘शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्न तथा नागरिकको जीवनयापन सहज बनाउनुपर्ने भएकोले जिल्ला सुरक्षा समितिको मिति २०८२–१२–१० गतेको निर्णयानुसार मिति २०८२–१२–१० गते बिहान ९ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा आदेश हटाइएको…’,सूचनामा उल्लेख छ ।
गत चैत ७ गते हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । हिजोदेखि अवस्था साम्य बनेपछि प्रशासनले निषेधाज्ञा हटाएको हो ।