३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

बालेन शाहका लागि खालि हुँदै बालुवाटार ! मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, चैत्र १०, २०८२

काठमाडौं । यही चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । त्यसका लागि रास्वपाले आजको केन्द्रीय समिति बैठकबाट बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता बताएसँगै अर्को स्पेटको काम अघि बढ्छ ।

१३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएसँगै वर्तमान प्रधानमन्त्री सुशीला कार्की स्वतः पदमुक्त हुनेछिन् भने शितलनिवासबाटै उनी निजी निवास जाने तयारी गरेकी छिन् । त्यसका लागि यतिबेला बालुवाटारबाट कार्कीका सामानहरु उनको निजी निवासमा सारिने काम भइरहेको छ ।

सुशीलाले बालुवाटार खाली गरेसँगै भावी प्रधानमन्त्री बालेन शाहले पनि बालुवाटार बस्ने तयारी गरेका छन् कि छैनन् ? त्यो अहिले नै थाहा भइसकेको छैन । सम्भवतः सपथ लिएसँगै सोही दिनदेखि बालेन बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्न थाल्ने छन् । त्यसका लागि उनको सचिवालयदेखि प्रधानमन्त्री कार्यालयसम्म तयारी अवस्थामै रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!