१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

इतिहासमा पहिलोपटक महिला नेतृत्व इन्सपेक्टर नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाले,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १२, २०८२

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् ।

उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको सुनसरीको दुहबीस्थित विशेष सुरक्षा गणमा सरुवा भएको छ ।

प्रहरी मुख्यालयले शुक्रबार देशभर २४ जना इन्सपेक्टरको काज सरुवा गरेसँगै उर्लाबारीमा ऐतिहासिक परिवर्तन भएको हो । वि.सं. २०५० साल वैशाखमा इप्रका उर्लाबारीमा इन्सपेक्टर दरबन्दी थपिएपछि पहिलो इन्चार्जका रूपमा प्रनि रघुवीर शेर्पाले पद सम्हालेका थिए । त्यसयता हालसम्म ५६ जना प्रहरी निरीक्षक यहाँ पदस्थापन भए पनि महिला नेतृत्व भने पहिलोपटक आएको प्रहरी अभिलेखमा उल्लेख छ ।

स्थानीयवासीले महिला नेतृत्वले प्रहरी सेवामा संवेदनशीलता, पारदर्शिता र समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरेका छन् । समाजका जटिल समस्या समाधानदेखि महिला, बालबालिका तथा मानवअधिकारसँग सम्बन्धित मुद्दामा नयाँ ऊर्जा आउने विश्वास व्यक्त गरिएको छ ।

उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने पहिलो महिला इन्चार्जका रूपमा वलीको आगमनलाई ऐतिहासिक उपलब्धि र सकारात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]