१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

प्रहरीभित्रको सूचना पत्रकारसम्म चुहिएको भन्दै झापा जिल्लाका एसपी खड्काको ध्यानाकर्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र १३, २०८२

काठमाडौं । नेपाल प्रहरीभित्रको आन्तरिक सूचना पत्रकारसम्म चुहिएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले त्यस बारेमा ध्यानाकर्षण गराएकी छिन् । झापा प्रहरीका हरेक गतिविधिका सूचना चुहिएर पत्रकारकहाँ पुग्ने गरेको भन्दै त्यसतर्फ एसपी खड्काले मातहतका प्रहरी कर्मचारीहरूलाई ध्यानाकर्षण गराउँदै सजग गराएकी प्रहरी स्रोतको दाबी छ।

केही दिनदेखि इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठको विषयमा आइरहेको समाचारप्रति झापा प्रहरी गम्भीर हुँदै त्यस बारेमा एसपी खड्काले छलफल गरेकी थिइन् । एसपी खड्काले मातहतका प्रहरी अधिकृतहरुसंग त्यस विषयमा छलफल गरेको प्रहरी स्रोतले जनाएको छ ।

डीएसपी श्रेष्ठले बिर्तामोडका होटेल र डान्सबारहरुबाट रकम असुल्ने गरेको र केही व्यक्तिहरूलाई हिरासतभित्रै यातना दिएको विषयमा गम्भीर छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]