३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

प्रहरीभित्रको सूचना पत्रकारसम्म चुहिएको भन्दै झापा जिल्लाका एसपी खड्काको ध्यानाकर्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र १३, २०८२

काठमाडौं । नेपाल प्रहरीभित्रको आन्तरिक सूचना पत्रकारसम्म चुहिएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले त्यस बारेमा ध्यानाकर्षण गराएकी छिन् । झापा प्रहरीका हरेक गतिविधिका सूचना चुहिएर पत्रकारकहाँ पुग्ने गरेको भन्दै त्यसतर्फ एसपी खड्काले मातहतका प्रहरी कर्मचारीहरूलाई ध्यानाकर्षण गराउँदै सजग गराएकी प्रहरी स्रोतको दाबी छ।

केही दिनदेखि इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठको विषयमा आइरहेको समाचारप्रति झापा प्रहरी गम्भीर हुँदै त्यस बारेमा एसपी खड्काले छलफल गरेकी थिइन् । एसपी खड्काले मातहतका प्रहरी अधिकृतहरुसंग त्यस विषयमा छलफल गरेको प्रहरी स्रोतले जनाएको छ ।

डीएसपी श्रेष्ठले बिर्तामोडका होटेल र डान्सबारहरुबाट रकम असुल्ने गरेको र केही व्यक्तिहरूलाई हिरासतभित्रै यातना दिएको विषयमा गम्भीर छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!