३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडक ठगी र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, चैत्र १९, २०८२

काठमाडौं । ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ।

तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ।

तुल्सासहित सपना वली, निलिका लामिछाने, प्रेमनाथ बस्याल, प्रयास पोखरेल र गंगा अधिकारी सुवेदीविरुद्ध पनि मुद्दा चलेको छ। तुल्सासँग मात्रै ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

सरकारी वकिलको कार्यालयले उनीहरूले गैरकानुनी रूपमा आर्जित रकमको वास्तविक स्रोत, प्रकृति, स्थान र स्वामित्व लुकाउने प्रयास गरेको पनि जनाएको छ।

यस प्रकरणमा तुल्सासहित ६ जनाविरुद्ध २१ करोड १२ लाख २० हजार ४ सय ६ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाइएको हो ।

सरकारी वकिलको कार्यालयले उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) अन्तर्गत सजाय माग गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!