०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

दाङकाे गढवामा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्र भवनको आईजिपी कार्कीद्वारा उद्घाटन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १९, २०८२

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका वरिष्ठ सल्लाहकार इन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै परियोजनाले समुदायस्तरमा न्याय पहुँच विस्तारमा योगदान गर्ने बताए। संरचना व्यवस्थापन प्रमुख शिशिर उपाध्यायले निर्माण प्रक्रियाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

दाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सेवा केन्द्रले विशेष गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई न्यायमा सहज पहुँच दिलाउने विश्वास व्यक्त गरिन्। कार्यक्रममा भवन निर्माणमा योगदान पुर्‍याउने निर्माण व्यवसायी, प्राविधिक टोली तथा प्रहरी अधिकृतहरूलाई प्रमुख अतिथि कार्कीबाट प्रशंसापत्र प्रदान गरिएको थियो।

संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका व्यवस्थापन प्रमुख शिशिर उपाध्याय, इन्जिनियर विराज न्यौपाने, प्रहरी निरीक्षक कालिका कार्कि, इलाका प्रहरी कार्यालय गढवा का प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बम, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो। लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीले प्रमुख अतिथिलाई कृतज्ञताको चिनो प्रदान गर्दै धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो । मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको […]

error: Content is protected !!