२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

गुनासो लिएर प्रहरीकहाँ आउने नागरिकको दत्तचित्तले सेवा गर्न आईजिपी कार्कीको निर्देशन, दाङको गढवामा नवनिर्मित भवन उद्घाटन

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, चैत्र १९, २०८२

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए ।

इलाका प्रहरी कार्यालय गढवा, देउखुरी – दाङको प्राङ्गणमा नव–निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको बिहिवार दिउँसो उद्घाटन गरेका छन् । सोही अवसरमा महानिरीक्षक कार्कीले पीडितलाई लाभ हुनेगरी सेवा विस्तारका लागि यस्ता किसिमका पूर्वाधार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।

पीडितहरूले आफ्ना पीडा – समस्या सहज रूपमा राख्न सक्ने उपयुक्त वातावरण तयार भएको खुलस्त पार्दै प्रहरीसमक्ष पुग्न कुनै प्रकारको दोस्रो व्यक्तिको आवश्यकता नपर्ने औंल्याए । त्यस प्रकारको प्रवृत्तिलाई पूर्णरूपमा निरुत्साहित गरिएको जानकारी गराएका छन् । ‘नागरिकले आफूलाई प्रहरीबाट सुरक्षित महसुस गर्ने, सम्मानजनक व्यवहार पाउने र न्यायमा सजिलोसँग पहुँच हुने वातावरण निर्माण गर्नु नै प्रहरी संगठनको प्रमुख उद्देश्य भएको ठोकुवा समेत गरे ।

संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयको सहयोगमा निर्माण गरिएको सोही भवन तीन तल्ले संरचनामा तयार गरिएको छ । भवनको कुल क्षेत्रफल २८७ दशमलव २५ वर्ग मिटर रहेको छ । भुईँतल्ला र पहिलो तल्ला १२८ दशमलव २५ वर्ग मिटरका समान छन् । त्यस्तै दोस्रो तल्ला ३० दशमलव ७५ वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको छ ।

भवनभित्र कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, सोधपुछ तथा स्वागत कक्ष निर्माण गरिएका छन् । त्यसैअनुरूप बालबालिका कक्ष, बैठक कक्ष, प्रशासन तथा अभियोजन कक्ष लगायतका सुविधा राखिएका छन् ।

साथै सो भवनमा प्रहरी आवास, भान्छा–भोजन कक्ष, प्रहरी ब्यारेक, शौचालय र सौर्य ऊर्जा प्रणालीको समेत व्यवस्था गरिएको छ । यसले सेवा केन्द्रलाई पूर्ण रूपमा सञ्चालनयोग्य र पीडितमैत्री बनाएको छ ।

भवन निर्माणका लागि कुल दुई करोड ६० लाख ३३ हजार पाँच सय ४९ रुपैयाँ ३५ पैसा खर्च भएको छ । रोयल कन्स्ट्रक्सनले निर्माणकार्य सम्पन्न गरेको हो । बिसं २०८१ साल मंसिर १४ गते भवनको लागि निर्माण सम्झौता गरिएको थियो । निर्धारित समयमै भवन निर्माणकार्य सम्पन्न गरिएको जनाइएको छ ।

नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुनेमा सबैको अपेक्षा रहेको छ । साथसाथै यसले प्रहरी संगठनप्रति पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका वरिष्ठ सल्लाहकार इन्द्र न्यौपानेले स्वागत मन्तव्य दिएका थिए । परियोजनाले समुदायस्तरमा न्याय पहुँच विस्तारमा योगदान गर्ने न्यौपानेले बताए । संरचना व्यवस्थापन प्रमुख शिशिर उपाध्यायले निर्माण प्रक्रियाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सेवा केन्द्रमा खासगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई न्यायमा सजिलोसँग पहुँच दिलाउने विश्वास व्यक्त गरेकी छन् ।
कार्यक्रममा भवन निर्माणमा योगदान पुर्‍याउने निर्माण व्यवसायी, प्राविधिक टोली तथा प्रहरी अधिकृतहरूलाई प्रमुख अतिथि कार्कीबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका व्यवस्थापन प्रमुख शिशिर उपाध्याय, इन्जिनियर विराज न्यौपाने, प्रहरी निरीक्षक कालिका कार्कि, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख तथा प्रहरी निरीक्षक डबल बहादुर बम, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्र बहादुर खत्रीले प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई माया र कृतज्ञताको चिनो प्रदान गर्दै धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

दाङ । सरकारले हालै सरकारी विज्ञापनलाई सरकारी सञ्चार माध्यममा मात्र प्रकाशित र प्रसारित गर्ने निर्णय गरेको छ । यो निर्णयले सम्पूर्ण निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा मात्र होइन, नैतिक तथा व्यावसायिक रूपमा पनि गम्भीर धक्का दिएको छ । यो कदम स्वच्छाचारी मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष प्रहार हो । यसले मुलुकलाई स्वतन्त्र पत्रकारिताबाट वञ्चित गर्दै […]

काठमाडौँ । ललितपुर महानगरपालिकाले ‘वातावरण भ्यान’को शुभारम्भ गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै बिहीवार महानगर प्रमुख चिरीबाबु महर्जनले सो कार्यक्रमको शुभारम्भ गरेका हुन् । वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत महानगर क्षेत्रमा अनुगमन र कारबाहीलाई थप सशक्त बनाइने बताइएको छ। यस अभियानमा वातावरण प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। वातावरण […]

error: Content is protected !!