०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

मुग्लिन मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २०, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। शर्माद्वारा आज जारी सूचनामा चैत २२ गतेसम्म सडक बन्द गर्न लागिएको जनाइएको छ।

इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नति भइरहेको छ। पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्न लागिएको हो।

एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन बन्द रहने जनाइएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!