१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

दाङको देउखुरीमा कुटपिटपछि एक किशोर मृत फेला एकजना घाइते,६ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २१, २०८२

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष अपरिचित व्यक्तिहरूले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट आयुशमान थापा मगरको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको थियो । घटनापछि आयुशमान राति करिब ३ बजे मौरीघाट स्थित आफ्नी दिदीको साथी गंगा रोकाको घर पुगेका थिए । त्यसपछि उनको उपचारका लागि राप्ती आधारभूत अस्पताल सिसहनियाँ लगिएको थियो । हाल उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले घाइते आयुशमानसँग सोधपुछ गर्दा सुरुमा केही नबताए पनि पछि उनीसँगै स्मिथ प्रधान रहेको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको कमाण्डमा थप टोली खटाइएको थियो ।

खोजतलासका क्रममा घटनास्थलदेखि करिब १.५ किलोमिटर पूर्वतर्फ दोलई खोलाको सुख्खा नालामा टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेको अवस्थामा स्मिथ प्रधान मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा आफन्तहरू समेत पुगिसकेको र कुटपिटमा संलग्न व्यक्तिहरू फरार रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार आयुशमानलाई ‘देबीसरा गाहा’ र ‘स्वस्तिका रानामगर’ नामबाट फेसबुक मेसेन्जरमार्फत भेट्न बोलाइएको र त्यसपछि उनीहरू घरबाट निस्किएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]