१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

ईप्रका भालुवाङ प्रहरीको सफलता एक युवककाे हत्यामा संलग्न १ युवतीसहित ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २१, २०८२

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् ।

घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले दाङकाे बंगलाचुली निवासी बर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका बर्ष १८ काे निश्चल चाैधरी र राप्ती गाउँपालिका कै वर्ष १८ की आकृति बुढालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रबक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । प्रहरीले घटना भएकाे थाहा पाए लगत्तै प्रहरी निरीक्षक ऐरीकाे टाेलीले रातभर नै घटनास्थल सहितका ठाउँमा अनुसन्धान गरि बिहान ४ बजे मात्र पक्राउ परेका तीनकाे प्रमाण सहित पुष्टि गरेकाे प्रहरीले जनाएकाे छ ।

बिहिबार राती राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ बर्षिय स्मित प्रधानलाई हत्या गरी वडा नं. ४ गोपीनालाकाे दाेलाईखाेला नजिक नालामा फालेको अवस्थामा शब फेला परेको थियाे । उक्त घटना बारे प्रहरीलाई बिहिबार दिउँसो करिब १२ बजे खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेकाे थियाे । मृतक प्रधानको शरिरमा धारिलाे हतियार प्रयाेग गरि हत्या गरेकाे हुन सक्ने बताईएकाे छ । यस्तै एक किशाेर घाईते अवस्थामा भेटिएका थिए ।

मृतक प्रधान संगै गएका सोही ठाउँ निवासी बर्ष १६ का आयुषमान थापा घाइते भएको र उनको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार चलिरहेको छ । थापा खतरामुक्त रहेकाे प्रहरीले जनाएकाे छ ।आयुशमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जर बाट भेट्न आउ भनि बोलाउदा निजहरु बिहिबार राती ८ बजे घरबाट ती युवती भेट्न निस्किएकाे बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]