१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

गृहमन्त्री गुरुङको निर्देशन पछी प्रहरी अप्रेसन’ चलाउन देशभर परिपत्र,धमाधम काठमाडौँबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २२, २०८२

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको हो।

यो अप्रेसनअन्तर्गत पछिल्लो एक सातामा १८९ जना पक्राउ परेको भट्टराईले जानकारी दिए। ‘मुख्यगरी सार्वजनिक सेवा प्रवाहका नाममा दुःख, हैरानी दिने, सार्वजनिक स्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाएका हौँ,’ उनले भने, ‘यो अभियान जारी छ।’

काठमाडौँका रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा निगरानी भइरहेको र त्यस क्रममा नितान्त गुण्डागर्दीमा संलग्न १६ जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूको संलग्नताका आधारमा कानुनी कारबाही गरिने अघि बढाइने उनको भनाइ छ।

यरी देशभर यो अभियान चलाउन परिपत्र गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले बताए। बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुर्व्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरिएको डीआईजी काफ्लेको भनाइ छ। सोही अनुसार प्रहरी टोली परिचालन भई काम अगाडि बढेको उनले बताए। (रासस)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]