१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २३, २०८२

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको आयोजनामा चिशंखुगढी गा.पा.को सभाहलमा चिशंखुगढी गाउ पालिकाका अध्यक्ष निशान्त शर्माको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्र.ना.उ. मदन के.सीको प्रमुख अतिथ्यता लगायत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रशासकीय अधिकृत,चिशंखुगढी गा.पा.को प्रमुख प्रशासकीय अधिकृत,सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लगायत चिशंखुगढी गा.पा.का विभिन्न वडाका अध्यक्ष लगायत स्थानीय बुद्दीजिवी,समाजसेवी,सञ्चारकर्मी,शिक्षक ,कर्मचारी लगायत स्थानीय बासीहरुको उपस्थितिमा नगरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

यसका साथै जिल्ला प्रहरी कार्यलयलाई जघन्य प्रकृतीका घटनाहरुमा सफल अनुसन्धान गर्न सहयोग गर्नु हुने चिशंखुगढी गा.पा.वडा नं. ०६ र वडा नं. ०८ का अध्यक्षहरुलाई प्रहरी प्रमुख मदन के.सीद्वारा प्रशंसा पत्र समेत वितरण गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]