२३ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेसँगै समय हेरफेर,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, चैत्र २३, २०८२

काठमाडौं । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट कार्यालय समय हेरफेर गरिएको हो ।

हिजो आइतबार बसेको मन्त्रिपरिषदले गरेको यही निर्णयअनुसार आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय सञ्चालनको समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुनेछ भने आगामी शनिबार र आइतबार दुई दिन बिदा हुनेछ ।

मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयले हिजो नै राजपत्रमा प्रकाशन गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक कार्यालय तथा निकायहरू सञ्चालनको समय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको हो ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गर्ने राजपत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चैत ४ गते मोरङको सुन्दरहरैचा-४ र उर्लाबारी-८ बाट फैलिएको बर्डफ्लु(एच-फाइभ एन-वान) विभिन्न ४ वटा जिल्लाका २३ वटा फार्ममा फैलिएको छ । पशु सेवा विभागका अनुसार सुनसरीमा सबैभन्दा बढी १२ वटा कुखुरा फार्म प्रभावित भएका छन् । त्यस्तै मोरङमा ८, झापामा २ र चितवनको एउटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो । शनिबारसम्मको तथ्यांकअनुसार सबै फार्ममा गरी […]

काठमाडौं । आज सोमबार प्रतिनिधिसभा बैठक जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरूङसँग बैठक हलबाहिर करिब १५ मिनेट छलफल गरे। उनीहरूको कुराकानीको विषय खुलेको छैन। गृहमन्त्री गुरूङले गत बिहीबार पोखरा महानगरका मेयर धनराज आचार्यसँग फेवाताल किनार आफ्नो जग्गा भएको बताएका थिए। यसले विवाद उत्पन्न भएपछि उनले उक्त जग्गा व्यवसाय […]

एजेन्सी । अनुसार प्रस्तावित सम्झौतामा पहिलो चरण ४५ दिन युद्धविराम गर्ने कुरा छ र यस क्रममा स्थायी शान्तिका लागि वार्ता हुनेछ। युद्धविराम सम्झौता भएन भनेचाहिँ अमेरिका र इजरायलले इरानविरुद्ध ठुलो आक्रमण गर्ने तयारी गरिरेहका छन्। जारी वार्तामा पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ता गरिरहेका छन्। उनीहरूले आगामी ४८ घण्टा सम्झौताका लागि अन्तिम मौका भएको बताएका छन्।

error: Content is protected !!