३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

४ जिल्लामा देखियो बर्डफ्लु,१ लाख १३ हजार पन्छीहरु नष्ट,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २३, २०८२

काठमाडौं । चैत ४ गते मोरङको सुन्दरहरैचा-४ र उर्लाबारी-८ बाट फैलिएको बर्डफ्लु(एच-फाइभ एन-वान) विभिन्न ४ वटा जिल्लाका २३ वटा फार्ममा फैलिएको छ ।

पशु सेवा विभागका अनुसार सुनसरीमा सबैभन्दा बढी १२ वटा कुखुरा फार्म प्रभावित भएका छन् । त्यस्तै मोरङमा ८, झापामा २ र चितवनको एउटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो ।

शनिबारसम्मको तथ्यांकअनुसार सबै फार्ममा गरी १ लाख १३ हजार ६ सय ८ कुखुरा तथा हाँस नष्ट गरिएको छ । त्यस्तै २ लाख ११ हजार ८ सय ६७ वटा अण्डा र २५ हजार ८ सय किलो दाना पनि नष्ट गरिएको छ । नष्ट गरिएका पन्छीमध्ये ८५ प्रतिशत लेयर प्रजातिका कुखुरा रहेको छ ।

विभागकी सूचना अधिकारी वरिष्ठ पशु विकास अधिकृत डा. इन्दिरा शर्माले अन्य जिल्लामा संक्रमण फैलिन नदिन आवश्यक सबै कदम चालिएको बताइन् । उनले तीनै तहको सरकारका सरोकारवाला निकायसँगको समन्वयमा रोकथाम र नियन्त्रणका कदम चालिरहेको बताइन् ।

बर्डफ्लु संक्रमणको मुख्य कारकका रूपमा विभागले विभिन्न पहिचानसमेत गरेको छ । विभागका अनुसार फार्मनजिकै रहेका अग्ला रुखहरू जंगली चारहरूको बासका लागि उपयुक्त छन् । जहाँका चराहरू फार्ममा पालिएका कुखुरा, हाँसलगायतका पन्छीहरूको सम्पर्कमा आउने भएका कारण पनि संक्रमण फैलिएको हुन सक्ने विभागको आकलन छ ।

त्यसैगरी फार्महरू सिमसार क्षेत्रको नजिक रहेको,  मानक जैविक सुरक्षामा ध्यान नदिँदा, सवारी साधन र आगन्तुकहरूको अनियन्त्रित आवतजावत र अण्डा राख्ने क्रेटहरूलाई उचित रूपमा निसंक्रमण नगरी पुनः प्रयोग गर्नु र एउटै व्यक्तिले पर्याप्त सुरक्षात्मक उपायबिना जीवित कुखुरा र कुखुराको मासुको व्यापार गर्नु पनि संक्रमण फैलिने कारण हुन सक्ने विभागले जनाएको छ ।

किसानले कसरी पाउँछन् क्षतिपूर्ति ?

विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माले किसानले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहतसम्बन्धी मापदण्ड’ २०७९ अनुसार राहत पाउने बताइन् ।

क्षतिपूर्ति बजारमूल्यअनुसार निर्धारण हुन्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा क्षतिको ७५ प्रतिशतसम्म किसानले राहत पाउने व्यवस्था रहेको छ ।

बर्ड फ्लु कुखुरा, हाँसलगायतका पन्छीमा लाग्ने संक्रामक भाइरल घातक रोग मानिन्छ । संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, फोहोर वा संक्रमित सामग्रीमार्फत यो रोग फैलिन सक्ने र दुर्लभ अवस्थामा मानिसमा पनि संक्रमण हुन सक्ने पशु चिकित्सकहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!