१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

४ जिल्लामा देखियो बर्डफ्लु,१ लाख १३ हजार पन्छीहरु नष्ट,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २३, २०८२

काठमाडौं । चैत ४ गते मोरङको सुन्दरहरैचा-४ र उर्लाबारी-८ बाट फैलिएको बर्डफ्लु(एच-फाइभ एन-वान) विभिन्न ४ वटा जिल्लाका २३ वटा फार्ममा फैलिएको छ ।

पशु सेवा विभागका अनुसार सुनसरीमा सबैभन्दा बढी १२ वटा कुखुरा फार्म प्रभावित भएका छन् । त्यस्तै मोरङमा ८, झापामा २ र चितवनको एउटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो ।

शनिबारसम्मको तथ्यांकअनुसार सबै फार्ममा गरी १ लाख १३ हजार ६ सय ८ कुखुरा तथा हाँस नष्ट गरिएको छ । त्यस्तै २ लाख ११ हजार ८ सय ६७ वटा अण्डा र २५ हजार ८ सय किलो दाना पनि नष्ट गरिएको छ । नष्ट गरिएका पन्छीमध्ये ८५ प्रतिशत लेयर प्रजातिका कुखुरा रहेको छ ।

विभागकी सूचना अधिकारी वरिष्ठ पशु विकास अधिकृत डा. इन्दिरा शर्माले अन्य जिल्लामा संक्रमण फैलिन नदिन आवश्यक सबै कदम चालिएको बताइन् । उनले तीनै तहको सरकारका सरोकारवाला निकायसँगको समन्वयमा रोकथाम र नियन्त्रणका कदम चालिरहेको बताइन् ।

बर्डफ्लु संक्रमणको मुख्य कारकका रूपमा विभागले विभिन्न पहिचानसमेत गरेको छ । विभागका अनुसार फार्मनजिकै रहेका अग्ला रुखहरू जंगली चारहरूको बासका लागि उपयुक्त छन् । जहाँका चराहरू फार्ममा पालिएका कुखुरा, हाँसलगायतका पन्छीहरूको सम्पर्कमा आउने भएका कारण पनि संक्रमण फैलिएको हुन सक्ने विभागको आकलन छ ।

त्यसैगरी फार्महरू सिमसार क्षेत्रको नजिक रहेको,  मानक जैविक सुरक्षामा ध्यान नदिँदा, सवारी साधन र आगन्तुकहरूको अनियन्त्रित आवतजावत र अण्डा राख्ने क्रेटहरूलाई उचित रूपमा निसंक्रमण नगरी पुनः प्रयोग गर्नु र एउटै व्यक्तिले पर्याप्त सुरक्षात्मक उपायबिना जीवित कुखुरा र कुखुराको मासुको व्यापार गर्नु पनि संक्रमण फैलिने कारण हुन सक्ने विभागले जनाएको छ ।

किसानले कसरी पाउँछन् क्षतिपूर्ति ?

विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माले किसानले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहतसम्बन्धी मापदण्ड’ २०७९ अनुसार राहत पाउने बताइन् ।

क्षतिपूर्ति बजारमूल्यअनुसार निर्धारण हुन्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा क्षतिको ७५ प्रतिशतसम्म किसानले राहत पाउने व्यवस्था रहेको छ ।

बर्ड फ्लु कुखुरा, हाँसलगायतका पन्छीमा लाग्ने संक्रामक भाइरल घातक रोग मानिन्छ । संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, फोहोर वा संक्रमित सामग्रीमार्फत यो रोग फैलिन सक्ने र दुर्लभ अवस्थामा मानिसमा पनि संक्रमण हुन सक्ने पशु चिकित्सकहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]