२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

ईप्रका भालुवाङको एक्सन अवैध नदिजन्य उत्खनन् गर्ने १८ वटा टेक्टर चालकसहित नियन्त्रणमा,

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, चैत्र २४, २०८२

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको अवस्थामा राप्ती नदीकाे कटहाघाट क्षेत्रबाट १८ वटा ट्याक्टर र चालक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

रातकाे समयमा राप्ती नदीकाे राप्ती गाउँपालिकाकाे क्षेत्रबाट अबैध रूपमा नदीजन्य पदार्थ ओसारपसार तथा दुवानी भईरहेकाे भन्ने सुचनाका आधारमा भालुवाङ प्रहरीले पछिल्लाे समय आक्रमक रूपमा तस्करहरू नियन्त्रणमा लिने अभियान शुरू गरेकाे छ । नदीजन्य पदार्थ चाेरी तस्करीलाई नियन्त्रण गर्न पछिल्लो समय भालुवाङ प्रहरी आक्रमक रूपमा उत्रिएकाे छ । जसकाे फलस्वरूप मंगलबार बिहान साढे ४ बजेकाे समयमा एकै ठाउँबाट एकै समयमा ठुलाे संख्यामा नदीजन्य पदार्थ ओसारपसार गरिरहेकाे अवस्थामा नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

यसरी पक्राउ पर्ने टेक्टरहरूमा लु २ त ७४३२, लु २ त ८०६५, रा १ त २१४५, रा १ त २५८२, रा १ त ४१९४, रा १ त ३९७५, लु ३ त ८९७०, रा १ त ४८३७, लु २ त ६९९२, लु ४ त १९८८, ना ७ त ४६५४, लु ३ त ८१२३, लु ३ त ६१६०, लु १ त ६९१५, लु ३ त १६१०, लु ४ त ५३३२, लु ३ त २१८१ र लु ४ त ४९२८ रहेका छन् । उक्त ट्याक्टरहरूलाई नियन्त्रणमा लिई अहिले ईलाका प्रहरी कार्यालय भालुबाङमा राखिएको जनाएको छ। प्रकाउ परेका टेक्टरहरू दाङकाे गढवा र अर्घाखाँची क्षेत्रकाे रहेकाे प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

error: Content is protected !!